काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समिति बैठक आज सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकको जानकारी प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहनकुमार श्रेष्ठले दिएका छन्।
अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण, पार्टीको आगामी रणनीति, र आसन्न केन्द्रीय समिति बैठकका एजेन्डा विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताए।
आजको बैठकमा महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेका असन्तुष्ट समूहका मुद्दा पनि प्रमुख एजेन्डा रहने छ। प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा पार्टीभित्र आन्तरिक एकता कायम गर्ने, सबै तहका अधिवेशन सम्पन्न गर्ने, एजेन्डा केन्द्रीत कार्यक्रम अघि बढाउने, र आगामी चुनावका लागि तयारीका विषयमा व्यापक छलफल हुनेछ।
प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार












प्रतिक्रिया