इन्डोनेसिया । पश्चिमी इन्डोनेसियाको सुमात्रा तटमा बिहीबार बिहान ६.६ म्याग्निच्युडको भूकम्प गएको छ। संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षण (USGS)ले यो जानकारी दिएको छ।

USGS का अनुसार अहिले सम्म कुनै ठूलो क्षति वा सुनामीको चेतावनी आएको छैन। भूकम्प सिमेउलु टापु नजिक बिहान ११ः५६ बजे २५ किलोमिटर गहिराइमा आएको जनाइएको छ।

advertisement

भूकम्पपश्चात् हिन्द महासागर सुनामी चेतावनी केन्द्रले संभावित सुनामीको खतरा नभएको जानकारी दिएको छ। इन्डोनेशियाको मौसम विज्ञान, जलवायु विज्ञान तथा जियोफिजिक्स एजेन्सी (BMKG) ले १० किलोमिटर गहिराइमा ६.३ म्याग्निच्युडको भूकम्प रेकर्ड गरेको र यसबाट सुनामी आउने सम्भावना नरहेको जनाएको छ।

इन्डोनेसिया प्रशान्त क्षेत्रमा अवस्थित एक विशाल द्वीपसमूह भएकोले भूकम्प यहाँ बारम्बार हुने गर्छ। जनवरी २०२१ मा सुलावेसी टापुमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा एक सय भन्दा बढीको मृत्यु भएको थियो भने हजारौं घरबार विहीन भएका थिए।

सन् २०१८ मा पालू, सुलावेसीमा ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीले दुई हजार २०० भन्दा बढीको ज्यान लिएको थियो।

प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com