काठमाडौं । काठमाडौं भृकुटीबाट अवैध क्रिप्टो मुद्रा कारोबारमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मङ्गलबार साँझ ८ बजे २२ वर्षीय मोहम्मद रफिकलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनको साथबाट विभिन्न कम्पनीका मोबाइल एप तथा (डिभाइस) मार्फत भएको करोडौँको अवैध क्रिप्टो कारोबारका प्रमाण फेला पारेको जनाएको छ।
प्रहरीका अनुसार उनको डिजिटल डिभाइसमा १९ करोड ५९ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध क्रिप्टो कारोबारसम्बन्धी विवरण भेटिएको छ। सोही प्रमाणका आधारमा निजले नेपाली कानुनविपरीत अवैध क्रिप्टो कारोबार गर्दै आएको ठहरिएको प्रहरीले जानकारी दिएको छ।
युवकलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्र.अ. पवनकुमार भट्टराईले बताएका छन्।

- स्राेत- नेपाल प्रहरी
प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार












प्रतिक्रिया