काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र संकटमा रहेको बताएका छन् । आज (बिहीबार) आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देश कम्युनिष्टहरुले मात्रै बचाउन सक्छन् भन्ने अवस्था नरहेको बताए । त्यसका लागि प्रचण्डले नेपाली कांग्रेसलगायत लोकतान्त्रिक पार्टीहरुसँग पनि सहकार्यको आवश्यकता औंल्याए ।

‘लोकतन्त्रवादी, शान्ति र संविधानको पक्षमा उभिएका अन्य राजनीतिक शक्ति मुख्यतः नेपाली कांग्रेससँग पनि हामीले सहकार्य गर्नुपर्नेछ,’– संयोजक प्रचण्डले भने ।

advertisement

कांग्रेसलगायत लोकतान्त्रिक शक्तिलाई पनि मोर्चामा सामेल गर्ने ढंगले ठूलो छातीका साथ अघि बढेर मात्रै राष्ट्र जोगाउन सकिने उनले बताए । उनले आफूहरु एउटा नयाँ समाजवादको आधार तयार गर्नेतर्फ लागेको पनि प्रचण्डले बताए ।

गत २०७९ को प्रतिनधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस र प्रचण्ड नेतृत्वको तत्कालीन माओवादी केन्द्रबीच एकता भएको थियो । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिसभा निर्वाचनमा पनि कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच चुनावी तालमेल र गठबन्धन हुन सक्ने धेरैको आँकलन रहेको छ । यद्यपि कांग्रेसका बहुसंख्यक नेताहरुले एक्लाएक्लै निर्वाचनमा जानुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com