काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पुनः सरेको छ ।
यसअघि बिहीबार दिउँसो बस्ने गरी बोलाइएको बैठक शुक्रबार दिउँसो बस्ने गरी सारिएको थियो । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक सूचना प्रकाशित गरी शुक्रबार बस्ने भनिएको बैठक आइतबार दिउँसो २ बजे बस्ने गरी सारिएको जानकारी दिएका छन् ।
“नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १२ गते शुक्रबार दिनको २:०० बस्ने भनिएको बैठक २०८२ मंसिर १४ गते आइतबार दिनको २:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ,” पौडेलले जारी गरेको सूचनामा भनिएको छ ।
“उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,” पौडेलद्वारा जारी सूचनामा भनिएको छ ।
प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया