बारा । बाराको प्रसौनी गाउँपालिका–६ भलुहीस्थित एक पानी उद्योगमा कार्यरत कर्मचारीको हत्या भएको छ। उद्योगमा काम गर्ने रामकिशोर सिंह घाँटी रेटिएको अवस्थामै मृत फेला परेका हुन्।
सर्लाहीको धनकौल गाउँपालिकाका ४२ वर्षीय सिंह लामो समयदेखि सो उद्योग परिसरमै बस्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनाबारे जानकारी बिहानी करिब ८ बजे प्राप्त भएको थियो।
जिप्राका बाराका प्रवक्ता विजय पण्डितले सिंहको शव उद्योगभित्रै घाँटी रेटिएको अवस्थामा भेटिएको पुष्टि गरे। उनका अनुसार प्रहरी टोली घटनास्थलमा पुगेको छ र हत्या कसरी भयो भन्नेबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ।
प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार












प्रतिक्रिया