काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको समय निर्धारणबारे चलिरहेको विवाद समाधान गर्न शीर्ष नेताहरू आज फेरि पनि छलफलमा बस्ने भएका छन्।
सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा शुक्रबार दिउँसो १ बजे प्रधानमन्त्री निवासमा भेटघाट गर्ने तय भएको छ।
चुनावअघि नियमित वा विशेष महाधिवेशन गर्ने कि न गर्ने भन्ने मुद्दा कांग्रेसभित्र प्रमुख विवादको विषय बनेपछि निरन्तर संवाद चलिरहेको छ। बिहीबारको आन्तरिक बैठकमा सहमति नजुटेपछि आज बस्ने भनिएको केन्द्रीय समितिको बैठक आइतबारका लागि सारिएको हो।
कांग्रेसमा एक पक्षले आगामी निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने अडान लिएको छ भने अर्को पक्ष वर्तमान व्यवस्थालाई निरन्तरता दिन पक्षमा रहेको छ। यतिबेला ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन बोलाउन लिखित प्रस्तावसमेत दिएको कारण विषय थप संवेदनशील बनेको छ।
प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया