काठमाडाैं । ३८ वर्षदेखि फरार रहेका डाँका चोरी मुद्दाका अभियुक्त बुद्धि बहादुर शाही पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार स्याङ्जा, पुतलीबजारका शाहीलाई मंगलबार विशेष अपरेशनमार्फत पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार शाहीलाई स्याङ्जा जिल्ला अदालतले २०३८ सालमा भएको डाँका चोरीसम्बन्धी घटनामा दोषी ठहर गर्दै आठ महिना चार दिन कैद सजाय तोकेको थियो। सोही सजाय कार्यान्वयन हुनुपर्ने अवस्थामा उनी २०३८/१०/१ देखि फरार रहँदै आएका थिए ।
फरार रहेका शाहीलाई पछिल्लो तथ्य–अनुसन्धान तथा निगरानीका आधारमा पुथिविज्ञा नगरपालिका–८ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि स्याङ्जा जिल्ला कारागार चलान गरिएको छ ।
स्राेत- नेपाल प्रहरीप्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार












प्रतिक्रिया