काठमाडाैं । पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) विजय पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

नेपाल प्रहरीको आइजीपी नियुक्तिमा बलियो दाबेदार मानिएका पोखरेल १६ महिनासम्म वरिष्ठतामा अग्रस्थानमा रहे पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले धिरज प्रताप सिंहलाई आइजीपी नियुक्त गरेपछि असन्तुष्ट हुँदै राजीनामा दिएका थिए।

advertisement

रास्वपामा प्रवेशपछि पोखरेलले समृद्धि, सुशासन र पारदर्शी नेतृत्वका लागि रास्वपामात्रै योग्य विकल्प रहेको दाबी गरे। उनले जनताको विश्वास बोकेको पार्टीको सदस्य बन्न पाउनु आफूका लागि गौरव र खुशीको विषय भएको बताए।

प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com