काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीलाई पहिलो शक्तिबाट रोक्ने शक्ति अब कहीं नसकेको दाबी गरेका छन्।
शुक्रबार धनगढीमा आयोजित एकता सन्देश सभामा सम्बोधन गर्दै उनले पार्टी चुनावी तयारीमा पूर्ण रूपमा केन्द्रित भइसकेको उल्लेख गरे। देशभर नेकपालाई पहिलो राजनीतिक शक्ति बनाउने लक्ष्यसहित नेता–कार्यकर्ताहरू एकताबद्ध भएर लाग्नुपर्नेमा उनले विशेष जोड दिए।
प्रचण्डले उमेर ७० नाघेपनि आफ्नो राजनीतिक सक्रियता जेन–जेड पुस्ताभन्दा कम नभएको टिप्पणी गरे। सुदूरपश्चिमलाई आर्थिक र सामाजिक रूपमा समृद्ध प्रदेश बनाउने जिम्मेवारी आफ्नो पार्टीले वहन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
‘उमेरले ७० कटे पनि हाम्रो जाँगर जेन–जेडभन्दा कम छैन,’ प्रचण्डले भने, ‘अब सुदूरपश्चिममा नेकपालाई एक नम्बर शक्तिबन्दा रोक्न कसैसँग क्षमता छैन। इतिहास निर्माण गर्ने अवसर नगुमाउन नेता–कार्यकर्ता सबै जुट्नु आवश्यक छ।’
साथै, उनले आसन्न निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउन सरकारलाई आफ्नो पार्टी पूर्ण रूपमा सहयोगी रहने आश्वासन पनि दिए।
प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया