काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘देशलाई सुरक्षा दिन नसकेर हेलिकप्टरबाट भागेको’ बताएका छन्।

शुक्रबार सुदूरपश्चिम प्रदेशको धनगढीमा पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै रावलले यस्तो बताएका हुन्।

advertisement

‘यो देशलाई सुरक्षा दिन नसकेर, राष्ट्रिय सुरक्षा समितिको बैठक समेत बोलाउन नसकेर हेलिकप्टरबाट भाग्ने केपी ओली जस्ता व्यक्तिहरूले अनि भक्तपुरको एउटा कुनामा बसेर फेरि जनतालाई धम्क्याउने, तर्साउने?,’ रावलले भने, ‘त्यस्ता कुरालाई रोक्नका लागि तपाईँ(कार्यकर्ता)हरू अगाडि बढ्नुहोस्।’ कार्यकर्तालाई नेतृत्व दिन नेपाली कम्युनिस्ट पार्टी तयार रहेको रावलले बताए।

प्रकाशित मिति: १३ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com