काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेता आज साँझ प्रधानमन्त्री सुशीला कार्कीसँग औपचारिक भेटवार्ताका लागि बालुवाटार जाने भएका छन्।
पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा उपाध्यक्ष, महामन्त्री तथा प्रवक्ता मोहन श्रेष्ठसहितको टोली प्रधानमन्त्रीसँग भेट्ने राप्रपा प्रवक्ता श्रेष्ठले जानकारी दिए।
उनका अनुसार भेटवार्तामा राप्रपाले सरकारसमक्ष आफ्ना प्रमुख माग र हालसम्म उठाइँदै आएका मुद्दाहरू औपचारिक रूपमा प्रस्तुत गर्नेछ। श्रेष्ठले भने, ‘पार्टीले पहिले नै आफ्ना एजेन्डाबारे सरकारको ध्यानाकर्षण गराउँदै आएको छ। आजको बैठकले पनि देशको वर्तमान राजनीतिक अवस्थाबारे ध्यानाकर्षण पत्र प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको छ। त्यसैले भेट वार्ताको तयारी गरिएको हो।’
लिङ्देन नेतृत्वको टोली आजै साँझ बालुवाटार पुगेर प्रधानमन्त्रीसँग विस्तृत राजनीतिक संवाद गर्ने कार्यक्रम तय भएको छ।
प्रकाशित मिति: १३ मंसिर २०८२, शनिबार













प्रतिक्रिया