काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टी आइतबार औपचारिक रूपमा एकता हुने भएको छ ।

एकता घोषणा समारोह आइतबार दिउँसो २ बजे राष्ट्रियसभा गृहमा आयोजना हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

advertisement

शुक्रबार साँझ भर्चुअल माध्यमबाट बसेको रास्वपाको केन्द्रीय समितिको विशेष बैठकले विवेकशील साझा पार्टीसँगको एकीकरण प्रस्तावलाई पूर्ण समर्थन गर्दै एकता घोषणा सभाको आयोजना गर्ने निर्णय गरेको थियो।

पार्टी एकताले दुवै पक्षको साझा राजनीतिक एजेन्डा मजबुत बनाउने र आगामी चुनावमा साझा रणनीति अघि बढाउने मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: १३ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com