काठमाडौं । नेकपा एमाले इलाम जिल्ला अन्तर्गत महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भएका छन्।

इलाम जिल्लामा दुई वटा प्रतिनिधि सभा रहेको छ र खुला तथा आरक्षित कोटासहित कुल २० जना प्रतिनिधि चयन भएका छन्।

advertisement

इलाम–१ बाट युवातर्फ टीका पौडेल (निरोज) निर्वाचित भए। महिला तर्फ उमादेवी सुनुवार, शकुन्तला लेप्चा र सावित्रा शिवा निर्विरोध चयन भए। खुला तर्फ उदयबहादुर राई, उमेश गुरुङ, काजीमान कागते, खम्बसिंह लिम्बु र दीपककुमार थेबे प्रतिनिधि चयन भएका छन्।

इलाम–२ बाट युवातर्फ रामप्रसाद सुवेदी (रविन्द्र) चयन भए भने महिला तर्फ टीकादेवी घिमिरे, दिलकुमारी लिम्बु र पविमाया राई निर्विरोध प्रतिनिधि भएका छन्।

विघटित प्रतिनिधि सभाबाट सांसद सुहाङ नेम्वाङ खुला तर्फबाट प्रतिनिधि चयन भएका छन्। नेम्वाङसँगै केशवकुमार धौराली, गणेशप्रसाद बराल, दिपेन्द्र खनाल, महेश बस्नेत र हेमन्त राई सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका छन्। दलित कोटाबाट देवेन्द्र विश्वकर्मा पनि निर्विरोध प्रतिनिधि बनेका छन्।

यससँगै इलामबाट सर्वसम्मत रूपमा प्रतिनिधि चयन प्रक्रिया सम्पन्न भएको छ।

प्रकाशित मिति: १३ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com