काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालसँगको एकता हठात् वा आकस्मिक नभएको स्पष्ट पारेका छन्।

दाङको देउखुरीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले माधव नेपालसँगको सहकार्य ४० वर्ष पुरानो भएको स्मरण गर्दै विगतदेखि नै निरन्तर संवाद र सहकार्य हुँदै आएको बताए।

advertisement

उनले भने, ‘आजको कुरा होइन। २०४१/४२ सालतिर कमरेड माधवकुमार नेपाल र म सहित अन्य पञ्चायतविरोधी आन्दोलनमा संवाद र सहकार्य हुँदै आएको थियो। ०४२–०४६ सालमा, र जनयुद्धका दिनहरूमा पनि हाम्रो संवाद र सहकार्य निरन्तर चलिरहेछ। त्यसैले आजको एकता आकस्मिक होइन।’

प्रचण्डले माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य वाम घटकसँगको एकता केवल चुनाव जित्ने उद्देश्यले नभई, जेनजी आन्दोलनपछि उत्पन्न आत्मसमीक्षाको आवश्यकतालाई मध्यनजर गर्दै गरिएको बताउनुभयो।

उहाँले भने, ‘जेनजी आन्दोलनले दलहरूलाई आफ्ना कमजोरीको आत्मसमीक्षा गर्न बाध्य तुल्याएको छ। हामीले गम्भीर रूपमा आफूलाई सुधार्न, युवा पुस्ताको भावना, मानसिकता र चाहनाअनुसार नेपाली जनताको आवश्यकतालाई पूरा गर्न आफूलाई बदल्न आवश्यक ठानेका छौँ।’

प्रचण्डले सभालाई ‘आत्मसमीक्षा सभा’ को संज्ञा दिएका छन् र केही घण्टाभित्र देशमा उत्पन्न हुन सक्ने अस्थिर परिस्थिति र विगतका कमजोरीहरूको समीक्षा गर्नुपर्ने औँल्याए। उनले एकता केवल आकस्मिक नभई दशकौंको संवाद, सहकार्य र संघर्षको परिणाम भएको दावी समेत गरे।

प्रकाशित मिति: १३ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com