काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि प्रेस चौतारी नेपालबाट निर्विरोध महाधिवेशन प्रतिनिधिहरू चयन भएका छन्।

सचिवालयको बैठकले अध्यक्ष गणेश पाण्डे, निर्वर्तमान अध्यक्ष गणेश बस्नेत र पूर्वअध्यक्ष राजेन्द्र अर्याललाई महाधिवेशन प्रतिनिधि पठाउने निर्णय गरेको छ।

advertisement

महिला तर्फ प्रतिमा सिलवाल र मीना विश्वकर्मा निर्विरोध प्रतिनिधि बनेका छन्। सचिव विक्रम लुइँटेलका अनुसार, ‘केन्द्रीय समितिको निर्णयअनुसार प्रतिनिधि पठाउनुपर्छ भन्ने निर्णय भएकाले सोही अनुसार निर्विरोध प्रतिनिधि चयन गरिएको हो।’

प्रकाशित मिति: १३ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com