काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको फेरि एक दिन पछि सरेको छ ।
यसअघि आइतबार (मंसिर १४) दिउँसो २ बजे बस्ने तय गरिएको बैठक अब सोमबार (मंसिर १५) दिउँसो २ बजे बस्ने भएको छ।
पार्टीको केन्द्रीय कार्यालयले शनिबार सूचना सार्वजनिक गर्दै बैठक एक दिन पछाडि सारिएको जानकारी दिएको हो।
सहमतिका लागि थप तयारी समय आवश्यक परेकोले बैठक सारिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
प्रकाशित मिति: १३ मंसिर २०८२, शनिबार













प्रतिक्रिया