काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतका कमजोरीहरूप्रति गम्भीर आत्मसमीक्षा गर्दै अब सच्चिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज (शनिबार) दाङको लमहीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले विभिन्न समयमा राष्ट्र र जनताको पक्षमा काम गर्न कोसिस गरे पनि भनेको जस्तो परिणाम निकाल्न नसकिएको र अब भने गल्ती, कमजोरीको समीक्षा गर्दै अगाडि बढ्ने बताए ।

प्रचण्डले जेन–जी आन्दोलनले आफूहरुलाई झक्झक्याएको पनि बताए । उनले पछिल्लो जेन–जी आन्दोलनपछि आफूहरुले विगतका कमीकमजोरीहरु अझै समीक्षा गरेर अगाडि बढ्नुपर्छ भन्ने ठाउँमा पुगेको उनले बताए । जेन–आन्दोलनले आफूहरुलाई आत्मसमीक्षा गर्नुपर्ने ऐतिहासिक आवश्यकताको महसुश गराएको उनको भनाइ छ ।

advertisement

प्रचण्डले जनताको चाहना र युवाहरूको भावनाअनुसार सुशासन, आर्थिक समृद्धि र विकासका लागि दल र दलका नेताहरुले आफूलाई बदल्नुपर्ने आवश्यकता रहेको बताए । उनले नेपाली कम्युनिष्ट पार्टीबीचको एकतालाई अचानक नभई लामो सहकार्यपछिको परिणाम भनेका छन् । करिब ४१ वर्ष लामो संवाद र सहकार्यको बीचबाट एकताको नयाँ परिस्थिति सिर्जना भएको उनले बताए ।

प्रकाशित मिति: १३ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com