काठमाडौं । नयाँ राजनीतिक विकल्पको दाबी गर्दै अघि बढेको उज्यालो नेपाल पार्टीले जिल्लामा आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ। पार्टीको नवलपरासी जिल्ला भेलाले महत्वपूर्ण निर्णय गर्दै नयाँ नेतृत्व चयन गर्दै औपचारिक घोषणा गरेको हो ।

पार्टीका केन्द्रीय सदस्य विजय कँडेलको अध्यक्षतामा सम्पन्न जिल्ला भेलाले अमुल पाण्डेलाई सर्वसम्मत रूपमा जिल्ला संयोजकमा चयन गरेको छ। भेलामा संगठन निर्माण, भावी कार्यदिशा र जिल्लामा पार्टीको भूमिका विषयमा छलफल भएको थियो।

advertisement

कार्यक्रममा कॅंडेलले उज्यालो नेपाल पार्टीमार्फत देशलाई नयाँ दिशा दिने प्रतिबद्धता व्यक्त गर्दै कुलमान घिसिङ नै नयाँ नेपालको ‘लिक–वान–यू’ बन्न सक्ने दृढ विश्वास व्यक्त गरे। कॅंडेलले सिंगापुरका एक मात्र सुशासनप्रति समर्पित नेतृत्त्वसँग कुलमानलाई तुलना गर्दै नेपालमा समेत त्यस्तै प्रभावकारी परिवर्तन सम्भव रहेको बताए ।

सुस्तामा जन्मिएका कॅंडेल हाल पिएचडी गर्दै गरेका एक सफल व्यवसायी समेत हुन्। वर्षौंदेखि उनले आफ्नो स्थानीय क्षेत्रमा विकासका योजनाहरू अघि बढाउँदै आएका छन्। जनतालाई प्रत्यक्ष सहकार्य, सहयोग र परिवर्तनको व्यवहारिक अनुभूति दिने काम निरन्तर गरिरहेका उनले नवीन, जिम्मेवार र उदीयमान युवा नेताका रूपमा पहिचान बनाएका छन्।

भेलामा सहभागी सबै सदस्यहरूले अमुल पाण्डेको नेतृत्व र विजय कण्डेलको दृष्टि तथा प्रतिबद्धताले जिल्लामा ‘उज्यालो अभियान’लाई नयाँ ऊर्जा दिने विश्वास व्यक्त गरेका थिए। पार्टीले जनतामैत्री राजनीति, विकास, सुशासन र युवा नेतृत्वलाई केन्द्रमा राखेर अघि बढ्ने घोषणा गरेको छ।

प्रकाशित मिति: १३ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com