काठमाडौं । श्रीलंकामा ‘दितवा’ नामको तूफानका कारण भिषण वर्षासँगै आएको बाढीपहिरोबाट कम्तिमा १३२ जनाको मृत्यु भएको छ । १७६ जना बेपत्ता छन् ।

यो प्राकृतिक विपत्तीपछि राष्ट्रपति अनुरा कुमारा दिशानायकेले आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन् । श्रीलंका सरकारले विदेशमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश पैसा पठाउन आह्वान गरेको छ ।

advertisement

श्रीलंकामा पछिल्ला आठ वर्षमा आएको सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो । यसअघि २०१७ मा आएको बाढी–पहिरोमा परी २०० जनाको मृत्यु भएको थियो भने लाखौं मानिस बेघर भएका थिए ।

श्रीलंका विपद् व्यवस्थापन विभागका अनुसार पछिल्लो प्राकृत्तिक विपत्तिमा १५ हजारभन्दा बढी घर नष्ट भएका छन् भने ७८ हजार मानिसलाई सरकारी अस्थायी शिविरहरूमा राखिएको छ ।

श्रीलंका विपद् व्यवस्थापन विभागका महानिर्देशक सम्पत कुतोवेगोदाले भनेका छन्, ‘हाम्रोमा १३२ जनाको मृत्युको पुष्टि भएको छ भने १७६ जना बेपत्ता छन् । राहत तथा उद्धारका काममा सेना, वायुसेना र नौसेनाको सहारा लिइएको छ ।’

मध्य श्रीलंकामा पर्ने बादुल्ला जिल्ला सडक सम्पर्क विच्छेद भएको छ, जसका कारण धेरै ग्रामीण बस्तीसम्म राहत सामग्री पुर्‍याउन समस्या भइरहेको छ ।

सबैभन्दा प्रभावित मध्येको एक मास्पान्ना गाउँका बासिन्दा समन कुमाराले एक स्थानीय मिडियासँग भनेका छन्, ‘हामी गाउँ छोड्न सक्दैनौं र कोही यहाँ आउन पनि सक्दैन, किनकि पहिरोले सडकहरू भत्किएका छन् । यहाँ खाना छैन र पिउने पानीको पनि समस्या छ ।’

 

प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com