काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज कास्कीको पोखरामा एकता सन्देश सभा गर्ने भएको छ । सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्नेछन्।

नेकपाले अब सोमबार कोशीको विराटनगरमा, मङ्सिर १८ गते, कर्णालीको सुर्खेतमा, २० गते मधेसको जनकपुरमा र २३ गते बागमतीको हेटौँडामा सभा गर्नेछ।

advertisement

अन्त्यमा मङ्सिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा हुने नेकपाले जनाएको छ।

पार्टीले शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरी र शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा गरिसकेको छ ।

प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com