काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा बसोबास गर्ने नेपालीहरूलाई नेपालमा रहेको आफ्नो सम्पत्ति जोगाएर राख्न आग्रह गरेकी छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता घोषणा कार्यक्रममा आइतबार बोल्दै उनले विदेशमा गएपछि सम्पत्ति बेचेर देशसँगको सम्बन्ध पूर्ण रूपमा नछोड्न सुझाव दिइन्।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘जो विदेशमा हुनुहुन्छ, उहाँहरूले नेपालमा कम्तीमा एउटा स्थान चाहिँ राख्नुपर्छ। चाहे एउटा सानो फ्ल्याट नै किन नहोस्, आफ्नो टेक्ने ठाउँ भने मेटाउनु हुँदैन।’

advertisement

उनले गैरआवासीय नेपालीलाई सरकारले ‘दोस्रो तहका नागरिक’ का रूपमा नहेर्ने स्पष्ट पार्दै विदेशमा रहेका नेपालीको सम्पत्ति संरक्षणको जिम्मा सरकारले लिने प्रतिबद्धता जनाइन्। विश्वभर बाहिरी नागरिकलाई बस्न नदिने प्रवृत्ति देखिन थालेको उल्लेख गर्दै उनले ‘नेपालमा एउटा कोठा मात्रै भए पनि सुरक्षित राख्नुस्’ भन्दै देशसँगको सम्बन्ध नटुट्ने गरी सम्पत्ति जोगाएर राख्न आग्रह गरिन्।

गैरआवासीय नेपालीहरूले विगतमा मुलुकका विभिन्न विकास तथा संकटका बेला महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै उनले आगामी दिनहरूमा पनि लगानी र सहयोग बढाउन सुझाव दिइन्।

एनआरएनएको एकता घोषणा नेपालभित्र विभाजित अवस्थामा रहेका राजनीतिक दलहरूका लागि पनि महत्वपूर्ण सन्देश भएको उनले बताइन्। दलगत विभाजनले कसैलाई फाइदा नपर्नेकाले एकता र सहकार्यतर्फ अघि बढ्नुपर्नेमा प्रधानमन्त्री कार्कीले जोड दिइन्।

प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com