काठमाडाैं । गायिका ज्योति मगरले काठमाडौं महानगरका मेयर बालेन शाह र उनका समर्थकलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत सातवटा प्रश्न सार्वजनिक गरेकी छन्। उनले विगत केही समयदेखि महानगरको काम–कारबाही विवादमा परिरहँदा उठेका विभिन्न प्रसंगलाई उल्लेख गर्दै मेयरसमक्ष जवाफ मागेकी हुन्।

ज्योतिले पहिलो प्रश्न तिहारको दशदिने बिदा सकिएको हो कि नभएको भन्दै व्यंग्यसहित उठाइन्। त्यसपछि उनले महानगरपालिकाको नयाँ भवन निर्माणको सुरुवात भएको कि नभएको बारे प्रश्न गरिन्।

advertisement

त्यसबाहेक काठमाडौंमा संकलित फोहोरबाट कति विद्युत् उत्पादन भइरहेको छ भन्ने प्रसंग पनि उनले उठाइन्। अचेल महानगरको बैठक पाँच मिनेटमै सकिने गरेको भन्ने टिप्पणी गर्दै उनले यसको वास्तविकता के हो भन्ने जिज्ञासा राखिन्।

ज्योतिले मेयर बालेनका पार्टी, डोजर सञ्चालन, र्‍याप ब्याटल शोमा अतिथि कार्यक्रममा सहभागी हुँदा सधैं क्यामेरा बोकेर पछिपछि लाग्ने ‘टिम’ अहिले कहाँ हराएको हो भन्ने प्रश्न गरिन्।

यसबाहेक नगर प्रहरी प्रमुख राजु पान्डेयमाथि लागेको बहुविवाहसम्बन्धी विवादको अवस्था के भयो भन्ने सवाल पनि उनले सार्वजनिक रूपमा उठाएकी छन्।

ज्योतिका ती सात प्रश्नले सामाजिक सञ्जालमा नयाँ बहस सुरु भएको छ।

 

प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com