तेल अवीव । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नामाथि चलिरहेको भ्रष्टाचारसम्बन्धी मुद्दामा माफी प्रदान गर्न राष्ट्रपति इसाक हर्जोगलाई औपचारिक अनुरोध गरेका छन्।
राष्ट्रपतिको कार्यालयका अनुसार नेतन्याहुले आइतबार माफीका लागि आवेदनपत्र बुझाएका हुन्। केही दिनअघि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हर्जोगलाई पत्र लेखेर नेतन्याहूलाई माफी दिन आग्रह गरेपछि यो विषय झन् चर्चा आएको हो।
नेतान्याहूमाथि सन् २०१९ मा घुसखोरी, ठगी र विश्वासघातका आरोपसहित तीनवटा छुट्टाछुट्टै मुद्दा दायर भएका थिए। प्रधानमन्त्रीको तर्फबाट वकिल अमित हददले १११ पृष्ठको विस्तृत कानुनी कागजात राष्ट्रपति कार्यालयको कानुनी शाखामा बुझाएका छन्।
उक्त पत्रमा, प्रधानमन्त्रीलाई माफी दिइएमा उनले अहिलेको संवेदनशील परिस्थितिबाट इजरायललाई निकास दिन आफ्नो सम्पूर्ण समय र ऊर्जा समर्पित गर्न सक्ने उल्लेख गरिएको छ।
यसअघि ट्रम्पले हर्जोगलाई लेखेको पत्रमा पनि नेतन्याहूलाई माफी दिनुपर्ने माग उठाएका थिए।
प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार












प्रतिक्रिया