झापा । मेचीनगर नगरपालिका–२ बौद्धमोडबाट दुई वटा दुर्लभ प्रजातिको कछुवाको आइतबार उद्धार गरी ती कछुवालाई बाहुनडाँगी प्रहरी चौकीमा सुरक्षित राखिएको छ ।
स्थानीय सुरेन्द्रकुमार महतले फेला पारेका ती फरक दुई प्रजातिका कछुवा आफ्नै घरमा राख्दै आएका थिए । वन्यजन्तु संरक्षणकर्मी शंकर लुइँटेलले दुर्लभ प्रजातिको कछुवाको संरक्षण आवश्यक रहेको बताउँदै महतको घरबाट ती कछुवा उद्धार गरेका हुन् ।
संरक्षणकर्मी लुइँटेलले डिभिजन वन कार्यालय झापालाई कछुवा उद्धार गरिएको जानकारी दिएको बताए । उद्धार गरिएका कछुवालाई डिभिजन वन कार्यालयमार्फत अर्जुनधारामा रहेको कछुवा प्रजनन तथा संरक्षण केन्द्रमा राखिने छ ।

प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com