काठमाण्डौ। मंसिर ९ गतेदेखि जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज (सोमबार) कुनै खेल तय गरिएको छैन। नेपाल क्रिकेट सङ्घले यसअघिनै सार्वजनिक गरेको खेल तालिकामा आजका लागि कुनै पनि खेल राखिएको थिएन।

भोलि मंगलबार भने कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई सम्भाग्रक खेल हुनेछन्। पहिलो खेल बिहान ११:४५ बजे जनकपुर बोल्टर्स र चितवन राइनोजबिच हुनेछ। त्यसपछि दिउँसो ४:०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्नाली याक्स आमनेसामने हुनेछन्।

advertisement

हालसम्म ११ खेल सम्पन्न हुँदा सुदूरपश्चिम रोयल्स अपराजित रहेको छ। रोयल्स १० अंकसहित तालिकाको शिर्षस्थानमा रहँदै दोशो चरणका लागि क्वालिफाइ गरेको छ। समान ८–८ अंक भएका काठमाडौं गुरूजस र विराटनगर किङ्स दोस्रो र तेस्रो स्थानमा छन्।

चितवन राइनोज तथा लुम्बिनी लायन्स समान ४ अंकका साथ क्रमशः चौथो र पाँचौँ स्थानमा छन्।

त्यसै, कर्नाली याक्स छैटौं र पोखरा एभेन्जर्स सातौं स्थानमा छन्। लगातार विजेता जनकपुर बोल्टर्स भने अझै अंक बटुल्न नसकेको अन्तिममा रहेको छ।

एनपीएलमा जनकपुर बोल्टर्स, सुदूरपश्चिम रोयल्स, कर्नाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, चितवन राइनोज, काठमाडौं गुरूज र लुम्बिनी लायन्स गरी ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको फाइनल मंसिर २७ गते हुनेछ।

प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com