काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका बुवा रामनारायण साहको निधन भएको छ ।
उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
अस्पताल स्रोतका अनुसार, उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो । साहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् ।
रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनी आयुर्वेद डाक्टर थिए।
(यसअघि समाचारमा प्रयोग भएको फोटो फरक पर्न गएकाले क्षमायाचनासहित सच्याइएको छ – सम्पादक )
प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार













प्रतिक्रिया