काठमाडौं ।  नेपाल प्रहरीले लागूऔषध खैरो हिरोइन र नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालीमाटीको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१३ बाफलमा लागूऔषध बिक्रीवितरण तथा ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा सिन्धुली घर भई काठमाडौँको नागार्जुन बस्ने युवराज लाखेलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ५.८२ ग्राम लागूऔषध खैरो हिरोइन र रु ५४ हजार ६०० नगदसहित लाखेलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले उनका साथबाट एक थान मोबाइलसमेत बरामद गरेको छ । पक्राउ परेका लाखेलाई लागूऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।

 

प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com