काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का बुबा रामनारायण शाहको सोमबार अन्त्येष्टि गरिने भएको छ ।
दिवङ्गत शाहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आजै दिउँसो सवा ३ बजे पशुपति आर्यघाटमा राखिने भएको छ ।
परिवारले शुभेच्छुक, इष्टमित्र तथा आफन्तजनलाई श्रद्धाञ्जलीका लागि आर्यघाटमा उपस्थित हुन अनुरोध गरेको छ । आजै हिन्दु परम्परा अनुसार उनको अन्तिम संस्कार गरिने बालेनको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार













प्रतिक्रिया