काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले ऊर्जा क्षेत्रमा ठूलो नीतिगत भ्रष्टाचारको तयारी भइरहेको गम्भीर आरोप लगाएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले  ५ हजार मेगावाट विद्युत् खरिद सम्झौता (पीपीए)**का नाममा करिब ५ अर्ब रुपैयाँको आर्थिक चलखेल गर्ने प्रयास भएको दाबी गरे।

advertisement

बस्नेतका अनुसार ऊर्जा मन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको मिलेमतोमा ‘टेक अर पे’ प्रावधानसहित पीपीए अघि बढाइदै छ र त्यसबापत प्रवर्द्धकहरूबाट मोटो रकम संकलन गर्ने योजना छ।

उनले अघिल्लो सरकारले बजेट वक्तव्यमार्फत यस्तो मोडेलमा पीपीए नगर्ने नीति अपनाएको स्मरण गराउँदै, आन्तरिक विद्युत् खपत वृद्धि नहुनु, भारतीय बजारको अनिश्चितता, वर्षायाम–सुक्खायामको असन्तुलन तथा प्राधिकरणको कमजोर वित्तीय अवस्थाका कारण नीति रोकिएको बताए।

तर अहिले सो नीतिलाई उल्ट्याउँदै ५ हजार मेगावाटको पीपीए गर्न खोजिएको भन्दै बस्नेतले प्रतिमेगावाट १० लाख गर्ने गरी करिब ५ अर्ब संकलन गर्ने लक्ष्य राखिएको आरोप लगाए। उनका अनुसार यस्तै प्रबन्ध मन्त्रिपरिषद्‌बाट स्वीकृत गराउने तयारी अर्थ मन्त्रालयको सहमतिमा भइरहेको छ।

बस्नेतले यो रकम आगामी चुनावी खर्च व्यवस्थापन गर्न खोजिएको र ‘काम सम्पन्न भएपछि मात्र ऊर्जा मन्त्री कुलमान घिसिङले राजीनामा दिने योजना’ रहेको समेत दाबी गरे।

उनका अनुसार यस्तो निर्णय कार्यान्वयन भएमा नेपाल विद्युत प्राधिकरण वित्तीय संकटमा धकेलिने जोखिम स्पष्ट देखिन्छ।

 

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com