सुनसरी । धरान उपमहानगरपालिकाका प्रमुख तथा राजनीतिक अभियन्ता हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आफ्नो आधिकारिक घोषणापत्र र प्रमुख एजेन्डा सार्वजनिक गरेको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत पार्टी अध्यक्ष साम्पाङले घोषणापत्र सार्वजनिक गर्दै श्रमदानलाई देशको दिगो विकासको मूल आधारका रूपमा अघि सारेका छन्।

घोषणापत्रमा भू–उपयोग, भौतिक पूर्वाधार, सामाजिक जागरण र नागरिक सहभागितामा श्रमदानलाई केन्द्रीय नीति बनाइएको उल्लेख छ। अध्यक्ष साम्पाङले भने, “जनतालाई देश र माटोसँग जोड्नु आजको आवश्यकता हो। केवल कागजी योजना र बजेटमै निर्भर रहँदा विकास सुस्त हुन्छ। छिटो, पारदर्शी र टिकाउ विकासका लागि श्रमदान अपरिहार्य छ।”

advertisement

उनका अनुसार श्रमदानमार्फत विकास गर्दा नागरिक स्वयं प्रक्रियामा सहभागी हुने, स्वामित्व बढ्ने र राज्यप्रतिको भरोसा बलियो हुने विश्वास गरिएको छ। यही दर्शनका आधारमा श्रम संस्कृति पार्टी स्थापना गरिएको उनले स्पष्ट पार्दै देशभर श्रम, जिम्मेवारी र इमानदारीको संस्कृति स्थापना गर्ने लक्ष्य पार्टीको रहेको बताए।

पार्टीले घोषणापत्रमार्फत श्रमलाई अपहेलना होइन, सम्मान र राष्ट्रिय अभियानका रूपमा स्थापित गर्ने अठोटसमेत सार्वजनिक गरेको छ।

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com