मोरङ। जेनजी आन्दोलनका क्रममा रंगेलीका विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा एमालेनिकट युवा सङ्घका स्थानीय नेता आनन्द साह सहित आठ जना पक्राउ परेका छन्।

मोरङ प्रहरीका अनुसार ‘आपराधिक उपद्रो’ मुद्दामा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनीहरूलाई मंसिर १५ गते विशेष टोलीले घर–घरमै लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको हो।

advertisement

पक्राउ पर्नेहरू

  • आनन्द साह, नेता – रंगेली–७
  • भुपाल भण्डारी, रंगेली–३
  • रुपक गौतम, रंगेली–३
  • रमेश कुमार मण्डल, रंगेली–४
  • रुपेश यादव, रंगेली–६
  • समीर क्षेत्री, कटहरी–२
  • दोर्जे प्रतिक तामाङ, कटहरी–२
  • गणपत यादव, जहदा–१

प्रहरीका अनुसार जेनजी प्रदर्शन तीव्र बन्दै गएको बेला रंगेलीका सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरिएको थियो। घटनापछि मुख्य अभियुक्त ठहरिएका केही व्यक्ति फरार भए पनि निरन्तर खोजीपछिको ‘मिडनाइट अपरेशन’मा सबैलाई समातिएको प्रहरीले बताएको छ।

पक्राउ परेकालाई हाल मोरङ प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ। आगजनी तथा तोडफोडमा संलग्न अन्य व्यक्तिको पहिचानमा पनि प्रहरीले जोड दिएको छ।

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com