काठमाडौं । मधेश प्रदेशसभाको बैठक औपचारिक रूपमा शुरू भएको तीन मिनेटमै स्थगित गरिएको छ। बिहान ८ः३० बजेका लागि आह्वान गरिएको बैठक मुख्यमन्त्री सरोजकुमार यादव उपस्थित नहुँदा निर्धारित समयमा बस्न सकेको थिएन।
मुख्यमन्त्री यादवले विश्वासको मत लिन दिउँसो २ बजे मात्र बैठकमा उपस्थित हुने जानकारी दिएपछि १० बजेपछि बैठक संक्षिप्त रूपमा बसेको थियो। तर मुख्यमन्त्रीको अनुपस्थितिकै कारण बैठक शुरू भएको केही समयमै स्थगित गर्दै दिउँसो २ बजे पुनः बस्ने निर्णय गरिएको प्रदेशसभाले जनाएको छ।
प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार













प्रतिक्रिया