काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मुल्य तोलामा ८०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा रु दुई लाख ५४ हजार १०० कायम भएको छ । हिजो मङ्गलबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार ३०० कायम भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ३५४५ रुपैयाँ कायम भएको चाँदीकाे मुल्य आज तीन हजार ६५५ रुपैयाँ कायम भएकाे महासङ्घले जनाएकाे छ ।
प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार













प्रतिक्रिया