काठमाडाैं । कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो पार्टी नेपाल’ सँग एकल चुनाव चिन्हमार्फत निर्वाचनमा जाने सहमति गरेको ‘हाम्रो पार्टी नेपाल’ पार्टीले आफ्नो निर्णय बदलेको छ।

पार्टीले अब आफ्नै चुनाव चिन्हमार्फत निर्वाचनमा भाग लिने बताएको छ। ‘हाम्रो पार्टी नेपाल’ का नेता खगेन्द्र सुनारले एकल चुनाव चिन्ह लिएर निर्वाचनमा जाँदा कानुनी बाधा अड्चन आउने र यसले सांसदहरूको पदमा जोखिम उत्पन्न गर्न सक्ने भन्दै एकल चुनाव चिन्ह मार्फत चुनावमा नजाने बताए।

advertisement

नागरिकसँग कुरा गर्दै उनले भने ‘एकल चुनाव चिन्हमा जाँदा कानुनी जोखिम बढ्ने देखियो। निर्वाचन आयोगको नियम अनुसार एकल चिन्ह मार्फत चुनाव लड्नु भनेको पहिलो चरणमै पार्टी एकीकरण हुनु जस्तै रहेछ। एकल चुनाव चिन्हमा लड्दा पछि चुनाव जितेका सांसदहरूको पदमा समस्या आउने र अयोग्य हुने जोखिम पनि देखियो।’

केन्द्रीय समितिले तत्काल पूर्ण पार्टी एकीकरण नगर्ने पक्षमा निर्णय गरेको कारण ‘हाम्रो पार्टी नेपाल’ आफ्नै चुनाव चिन्ह मार्फत चुनावमा लड्ने भए पनि चुनावी सहकार्य गर्ने बाटो खुला राखेको उनले बताए।

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com