काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति (एसएमसी) गठन नगरी मनपरी ढंगले विद्यालय सञ्चालन गर्ने स्थानीय तहहरूप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै कडा चेतावनी दिएका छन्।

मन्त्रालयले जारी गरेको निर्देशनपछि एसएमसी नसिर्जना गरेका पालिकालाई तुरुन्त समिति गठन गर्न सूचना पठाइसकेको छ। मन्त्री पुनका अनुसार यस्तो अव्यवस्थित अभ्यासले विद्यालयको गुणस्तर, पारदर्शिता र अभिभावकको विश्वासमा नकारात्मक असर परेको छ।

advertisement

विद्यार्थीको भविष्यसँग खिलवाड कुनै हालतमा स्वीकार्य छैन, मन्त्री पुनले भने, सञ्चालन नियमअनुसार सबै पालिकाले अनिवार्य रूपमा विद्यालय व्यवस्थापन समिति गठन गर्नैपर्छ।

मन्त्रालयले निर्देशन अवज्ञा गर्ने पालिकालाई संघीय सरकारबाट छुट्याइने अनुदान रोक्का गरिने चेतावनी दिएको छ। त्यस्तै, यस्ता पालिकाहरूको सूची संकलन भइरहेको तथा कुनै अनियमितता देखिए अभिभावकलाई प्रत्यक्ष रूपमा मन्त्रालयलाई सूचित गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com