काठमाडाैं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति घोषणा भएसँगै नेपाली कांग्रेसमा आगामी नेतृत्वको चर्चा सुरु भएको छ ।
सभापति पदका लागि डा. शेखर कोइराला, पूर्ण बहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा .शशाङ्क कोइराला, गगन थापा, कृष्ण प्रसाद सिटौला लगायतका नेताहरुले आफ्नो आन्तरिक तयारी थालेका छन् ।
यसैगरी पदाधिकारीमा नेपाली कांग्रेसका युवा नेताहरुले पनि आन्तरिक तयारी तिव्र पारेका छन्। नेपाली कांग्रेसको महामन्त्री पदमा भने युवा नेता भुपेन्द्रजङ्ग शाहीले उम्मेदवारी दिने तयारी थालेका छन् । नेविसंघको केन्द्रीय उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय महामन्त्री हुँदै २०७० सालमा संविधान सभा सदस्यको उम्मेदवारी दिएका शहिले २०७४ सालमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका थिए। शाही अघिल्लो १४औं महाधिवेशनमा कर्णाली प्रदेशको सभापतिको प्रत्यासी बनेका थिए ।
संगठनको काममा सधैं खटिरहने र केही न केही नाैलाे कार्य गरिरहने शाही काङ्ग्रेस पार्टीका जुझारु, उर्जाशिल, सिर्जनशील र क्रियाशिल नेतामा पर्छन् । पार्टिका विभिन्न अभियान, कार्यक्रम, गाउँ अभियान र जिल्ला दौडाहा गरिरहने चलायमान नेताको छबि बनायका शाही पार्टीको स्पष्ट बक्ताका रुपमा कसैको पनि गलत निर्णयमा नडराइ कडा प्रश्न गर्ने शसक्त युवा नेता मानिन्छन् । शाहि जेनजी आन्दोलनको बेला पनि नडराइ पार्टीको पक्षमा वकालत गर्ने पहिलो नेता हुन। पार्टिका अधिकांश नेता जेनजी विद्रोहपछिको बिषम परिस्थितिमा मौन बसिरहेको बेला युवा नेता शाहीले खरो रुपमा देशभर भएको आगजनि र अराजकता को चर्को बिरोध गरेका थिए।
उनले देशैभर सङ्कटको बखत आपसि मेलमिलाप र एकताको आवश्यक हुने भन्दै पाटिमा हौसला र भरोसा जगाउने अभिव्यक्ति दिएका थिए।
पार्टिमा विशेष कि नियमित महाधिवेशन भनेर काठमाडौंमा आन्तरिक लडाइ गरेर नेताहरुले ब्यर्थमा समय खेर फाल्दा युवा नेता शाहीले कालिकोटका गाउँबस्तिहरुमा पुगेर जनता सङ्ग भेटघाट तथा सम्बाद गरेका थिए। काङ्ग्रेस पार्टि आन्तरिक झमेलामा फसेर राजधानीमै अलमलिरहेको बेला नेता शाहीले गाउँगाउँ पुगेर अहिलेको परिस्थितको बिसयमा जनतालाई जानकारी गराउने, सुसुचित गराउने, पार्टीको स्पस्ट धारणा राखेका उनले पार्टि भित्र आफ्नो बैचारिक अडान सधै प्रष्ट राख्दै आएका छन्।
पछिल्लो समय निर्वाचनको बेला माओवादीसँग गठबन्धन गर्नुहुन्न, एक्लै चुनाव लड्नुपर्छ भनेर खरो आवाज उठाएका शाहीले पार्टीमा निश्चित मान्छेहरुको हालीमुहाली हुनु र सधैं एउटै मान्छेले मात्रै अवसर पाउनु अन्याय भएको भन्दै सबैलाई न्याय र समान अवसर हुनुपर्ने आवाज उठाइरहेका छन् ।
पार्टी प्रणालीमा चल्नुपर्ने, नातावादको अन्त्य हुनुपर्ने, सत्ता केन्द्रीत पार्टी नभई जनता केन्द्रीत पार्टी बनाउन पर्ने, पैसा र शक्तिको भरमा नभई नैतिक मुल्य र मान्यताको आधारमा विचार सिद्धान्तको राजनीति हुनुपर्नेमा उनले जोड दिएका छन्।
नेताको वरिपरी घुमेर भजन गाउने भन्दा नेताहरुको गल्ती र कमजोरीमा औंला उठाएर खबरदारी गर्नुपर्ने उनको धारणा छ। उनले पार्टी सुधार र रुपान्तरणको लागि कडा रुपमा चुनौति दिएका भाषणहरु निकै भाइरल छन् । शाहि राजनीति सँगै साहित्य र सामाजिक सेवामा पनि सक्रिय रहँदै आएका छन् ।
कर्णालीमा जन्मिएर कठिन संघर्षबाट केन्द्रीय राजनीतिमा स्थापित हुन लागिपरेका शाहीले पछिल्लाे एक वर्षमा धेरै कार्यक्रम र अभियान चलाएका छन्। शाही अघिल्लो वर्ष २०८० जेठ ११ गतेबाट नेपाली कांग्रेस रुपान्तरण अभियान सञ्चालन गरेर मेचीदेखि महाकालीसम्म संगठन निर्माणको लागि गाउँ जिल्ला सम्म पुगेका थिए ।
शाही कर्णालीमा २०८० चैत्र २ गतेबाट संगठन सुदृढ यात्रा ‘सल्यान कपुरकोटदेखि हुम्ला सिमिकोट’ सम्म कठिन भूगोलमा कर्णालीका गाउँबस्ती पुगेर कांग्रेसमा नयाँ जागरण र नयाँ उर्जा नयाँ भरोसा जगाउने काम गर्दै आएका छन्।
युवा विशेष भेला २०८० वैशाख २१ गते, रुपान्तरण अभियान जेठ ११ गते, उधमशिलता उत्प्रेरणा सम्मेलन २०८० साउन ३१ गते, युवा विचार सम्मेलन २०८० भदौ २४ गते, महिला विशेष कार्यक्रम २०८० भदौ २९ गते शुभकामना सांगीतिक साँझ २०८० असोज २९ गते, महासमिति मन्थन भेला २०८० फागुन ४ गते, विशेष चियापान फागुन ६ गते, कर्णाली यात्रा २०८० चैत्र २ गते, कर्णाली प्रदेश सुर्खेतमा युवा उद्यमी सम्मेलन २०८१ असार १९ गते, २०८१ भदौ २८ गते ‘नेपाल युथ समिट’ लगायत विविध कार्यक्रम गरेका थिए। जसमा ५ सयभन्दा बढी विभिन्न विधाका युवाहरुको सहभागितामा भव्य रुपमा सफलतापूर्वक सम्पन्न भएको थियो।
पछिल्लो समय जेनजीले उठायका मुद्धा एक बर्ष अगाडि नै २०८१ कार्तिक २३ गते वाट पुर्व मेचिनगर देखि पस्चिम महेन्द्रनगर सम्म युवा सङ्कल्प यात्रा गरेर देशैभरि युवाका एजेन्डा, भ्रस्टाचरको अन्त्य, सुशासन, युवालाइ रोजगारीको ग्यारेन्टि, नागरिक मैत्री सरकार , उधमशिलता र कृषिमा युवालाइ जोडेर अगाडि बढ्न नेता शाहीले सरकारलाइ समयमै ध्यान अकर्षण गरेका थिए। यसैगरि युवाहरुलाइ जोड्न २०८१ माघ ११,१२ गते कर्णाली युथ फेस्टिवल सुर्खेतमा सम्पन्न गरेका थिए।
एक्सन ओरेन्टेड नेताको पहिचान बनाएका उनले गरेका यी विभिन्न गतिविधिले उनको उर्जा, जोसजाँगर, केही गर्ने हुटहुटी, काम गर्न सक्ने क्षमता र योग्यता छ भन्ने पुष्टि भएको काङ्ग्रेस नेताहरु नै बताउँछन् ।
नेपाली कांग्रेसमा आगामी महाधिवेशनको चर्चा सुरु भइरहँदा कांग्रेसको महाधिवेशनबाट पार्टीमा आमुल रुपान्तरणको खाँचो रहेको युवा नेता शाहीले बताएका छन् । ‘पार्टी अब पुरानो लय, गतिहिन, परम्परावादी, कामचलाउ पारा र यथास्थितिमा चल्न सक्दैन । अब पार्टी भित्रको गुटबन्दी, नातावाद, भागबन्डा, व्यक्तिगत स्वार्थ, पदिय स्वार्थ र चाकडीबादको राजनीति अन्त्य हुनुपर्छ’ उनले भने ।
शाहीले अहिलेको युग सूचना र प्रविधिको युग भएकोले पार्टीका नेताहरुले आम कार्यकर्ताको भावना, जनताको चाहना, युगको माग र समयको चेत लाई गम्भिर ढङगले बुझ्नुपर्ने औंल्याएका छन् ।
प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार













प्रतिक्रिया