काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका मार्केटिङ विभाग प्रमुख योगेश पोखरेलविरुद्ध नेपाल राष्ट्र बैंकमा उजुरी दर्ता भएको छ। पोखरेलले नियमविपरीत आफ्नै स्वार्थमा बैंकको रकम दुरुपयोग गरेको आरोप छ।

पोखरेलले ग्लोबल आईएमइ बैंकमै कार्यरत आफ्नी श्रीमती प्रभा पन्थीका नाममा कम्पनी खोली बिजनेस प्रमोसन तथा सामाजिक उत्तदायित्वका लाखौँ रुपैयाँ लिँदै आएको भन्दै उनीलगायत बैंकका अध्यक्ष र सीइओविरुद्द समेत राष्ट्र बैंकका उजुरी परेको हो।

advertisement

पोखरेलविरुद्द राष्ट्र बैंकका परेको उजुरीमा भनिएको छ, ”ग्लोबल आईएमइ बैंकका मार्केटिङ विभाग प्रमुख योगेश पोखरेलले श्रीमती प्रभा पन्थिका नाममा कम्पनी खोलेका छन्। सोही कम्पनीमा योगेश पोखरेलले बैंकबाट मासिक २ लाख रुपैयाँ जम्मा गर्दै आएका छन्। पोखरेलकी श्रीमती आँफै पनि ग्लोबल आईएमइ बैंककै कर्मचारी हुन्। उनी बैंकको मनमैजु शाखामा कार्यरत छिन्।”

२०८२ साल मङ्सिर ११ गते गभर्नर कार्यलयमा परेको उजुरीमा उनको यस नियमविपरीतको काममा बैंकका सीइओ सुरेन्द्र रेग्मी र डेपुटी सिइओ सुमन पोखेलले सघाउँदै आएको र उनीहरुकै आडमा पोखरेल र उनकी श्रीमती अझैसम्म पनि बैंकमै रहिआएको जनाईएको छ।

‘प्राप्त तथ्य प्रमाण अनुसार गुल्मी जिल्ला तम्घास (७ स्थायी घर भएकी प्रभा पन्थी थर्ड पोल मिडिया ग्रुपकी सञ्चालक छिन्, प्रभा पन्थी योगेश पोखरेलकी श्रीमती हुन्। पोखरेलकी श्रीमतीले बैंकमा खाता खोल्दा पेश गरेको नागरिकता नम्बर ४१३००१र४३ र कम्पनीमा रजिस्टर्ड भएको नम्बर उहि छ। त्यस्तै उनको नागरिकतामा उल्लेख भएको बुवाको नाममा राममनी पन्थी छ भने कम्पनी रजिष्टर्ड कार्यालयमा दर्ता प्रमाणपत्रमा पनि सोहि नागरिकता नम्बर रहेको राममनी पन्थी नै बुवा छन्। त्यस्तै, पोखरेल नेपाल सरकारका कर्मचारी समेत हुन्। उनी गोरखापत्र संस्थानद्वारा प्रकाशित राइजिङ नेपालमा कार्यरत छन् । तसर्थ, सार्वजनिक संस्थाको जिम्मेवार पदमा रही अख्तियारको दुरुपयोग गरी जनताको पैसाको दुरुपयोग गर्ने यी कर्मचारीहरुमाथि निष्पक्ष रुपमा छानविन गरी कानुनवमोजिम कारबाही गर्नुहुन अनुरोध गरिन्छ ।” पोखरेलविरुद्द राष्ट्र बैंकमा परेको उजुरीमा भनिएको छ।

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com