काठमाडौं ।  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज (बुधबार) पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान स्रोतले जनाएको छ । अख्तियारले पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दर्ता गर्ने निर्णय गरेको छ । निर्णयसँगै यसमा जोडिएकाहरूलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाएको हो ।

advertisement

स्रोतका अनुुसार उनलाई अहिले म्याद थपका लागि विशेष अदालत लगिएको छ ।

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com