सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले आफ्नो पद छाडेका छन्।
शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गरी राजीनामा पत्र पठाउँदै आफू दल–नेताको जिम्मेवारीबाट हटिएको जानकारी दिएका हुन्। पत्रमा उनले कर्णाली प्रदेश सभा दलको नेता पदबाट राजीनामा दिएको उल्लेख छ।
पूर्वमुख्यमन्त्रीसमेत रहेका शर्मा हालै गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीसँग आवद्ध भएका छन्। यद्यपि उनले प्रदेश सभाको सांसद पदबाट भने अहिलेसम्म राजीनामा दिएका छैनन्।
प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार













प्रतिक्रिया