काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाले बिहीबार धनुषाको जनकपुरमा एकता सन्देश सभा गर्दैछ।
धनगढी, दाङ, पोखरा र विराटनगरमा सभा गरिसकेको नेकपाले जनकपुरको तिरहुतियामा मधेश प्रदेशस्तरीय एकता सन्देशसभा आयोजना गरिएको नताहरुले बताएका छन् ।
सभामा पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । सभामा प्रदेशभरिबाट ४० हजारभन्दा बढी नेता–कार्यकर्ता उपस्थित गराउने तयारी भइरहेको छ ।
प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया