काठमाडौं । बालेन साह र कुलमान घिसिङबीच भएको एकता घोषणापछि ‘जेनजी लिडर’ सुदन गुरुङले आज रवी लामिछानेसँग भेट गर्ने बताएका छन्।
गुरुङले सामाजिक सञ्जालमार्फत एकता प्रक्रियाअनुसार संवाद जारी राख्दै गएर लामिछानेको धारणा सुन्ने तयारी गरिएको जानकारी दिएका छन्।
उनका अनुसार बालेन–कुलमान एकता सार्वजनिक भएपछि अन्य राजनीतिक शक्तिसँग आवश्यक समन्वय र छलफल गर्न आफूहरू अघि बढेका हुन्। गुरुङले आज हुने भेटलाई एकता संवादको निरन्तरताको रूपमा चित्रण गरेका छन्।

प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया