मोरङ । मोरङको जहदा गाउँपालिका–७ तरिगामास्थित मझारेमा आपसी विवाद हिंसात्मक बनेपछि दाजुको छुरा प्रहारबाट भाइको मृत्यु भएको छ। बुधबार राति भएको घटनामा ३० वर्षीय राजुकुमार साहले छुरा प्रहार गर्दा २८ वर्षीय श्रवण साहको ज्यान गएको मोरङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विवाद बढेपछि राजुकुमारले श्रवणको छातीमा छुरा प्रहार गरेका थिए। गम्भीर घाइते अवस्थामा श्रवणलाई तत्काल विराट मेडिकल कलेज पुर्‍याइए पनि उपचारका क्रममा सोही राति उनको मृत्यु भएको हो।

advertisement

घटनास्थल भारतीय सीमाबाट करिब ५० मिटर दूरीमा रहेको र घटनापछि आरोपी राजुकुमार फरार भएका छन्। प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार छुरा प्रहारपछि राजुकुमार भारततर्फ भागेको आशंका गरिएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको र आरोपीको खोजीका लागि भारतीय सुरक्षा निकायसँग समन्वय गरी पक्राउ गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com