काठमाडौं । शिक्षा मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत हास्यपद शैलीमा आफूले फेसबुक र युट्युबबाट पैसा कमाउन नसकेको गुनासो सार्वजनिक गरेका छन्।
बिहीबार फेसबुक स्टाटसमा उनले लेखे, “जागिर खाइएन, व्यापार गरिएन, फेसबुक र युट्युबले पनि पत्याएन।” उनले केही महिनाअघि फेसबुक र युट्युबबाट आम्दानी हुने सुनेर एक–एक भाइलाई सम्हाल्न लगाएर मोनेटाइजेसनको प्रयास गरेको बताए।
तर चार महिनासम्म पनि “दुई–तीन सय रुपैयाँसमेत नझरेको” भन्दै उनले व्यङ्ग्य गरेका छन्। “नुन, तेल, साबुन चलेला कि भनेर गरिएको प्रयासबाट पकेट खर्च पनि आएन,” मन्त्री पुनको टिप्पणी छ।
आफूजस्तै ‘ढंग नहुने मान्छे’ ले कसरी जीवन चलाउँला भन्ने प्रश्न उठाउँदै पुनले हँसिलो तरिकाले सामाजिक सञ्जालमा आफ्नो अनुभव शेयर गरेका हुन्।
प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया