काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा-काठमाडौं सम्पर्क बिभागले मंसिर १७ गते पार्टीको केन्द्रीय कार्यालय, घण्टीघरमा आगामी निर्वाचनमा सहभागि हुने सम्बन्धमा रणनीतिक छलफल कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा पार्टीका केन्द्रीय महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य एलिजा गुरुङ, केन्द्रीय संगठन बिभाग सचिव शंकर श्रेष्ठ, गोरखा-काठमाडौं सम्पर्क बिभागका प्रमुख साजन लामिछाने, पालुङटार-काठमाडौं सम्पर्क बिभागका प्रमुख गणेश अम्गाईं लगायत अन्य सम्पर्क बिभाग तथा नगर एवं पालिका सम्पर्क बिभागका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु र गोरखाको भूगोलमा पदिय जिम्मेवारीमा रहेका व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
छलफलमा गोरखाको वर्तमान राजनीतिक गतिविधि, स्थानीय स्तरमा संगठन विस्तार, राजनीतिक रणनीति र निकट भविष्यमा हुन गइरहेको संघीय आमनिर्वाचनको तयारीका सम्बन्धमा सामूहिक रायसुझाव सहितको गहन विमर्श गरेका थिए।
यसै क्रममा सहभागीहरूले जनमुखी, मिलनसार, क्षमतावान र शान्त स्वभावका केन्द्रीय महामन्त्री बुर्लाकोटीलाई गोरखा जिल्लामा आफ्नो घुमघाम बढाउनु पर्ने र स्थानीय जनताको माग रहेको भन्दै सुझाव दिएका थिए।
महामन्त्री बुर्लाकोटीले आफू जिल्ला भ्रमणमा गइरहेको र अब पनि छिट्टै जाने बताए । साथै, पार्टीको महामन्त्रीको रूपमा देशव्यापी जिम्मेवारी रहेको बताएका छन् ।
प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया