काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मंसिर २३ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने भएको छ ।

राप्रपाले पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता ज्ञानेन्द्र शाहीले बृहत् प्रदर्शन गर्न लागेको बताउँदै राप्रपा केन्द्रित मात्र नभएको भन्दै सबैलाई सहभागी हुन आह्वान गरे ।

advertisement

उनले भने, यो आन्दोलन राप्रपाको मात्र होइन, प्रदेश संरचना खारेज गर्छु भनेर मन पराउनेको आन्दोलन हो, प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ भन्नेको आन्दोलन हो, धर्म सापेक्षताको आन्दोलन हो ।

संविधानमा व्यापक सुधार गर्ने, गोलमेच सम्मेलन गरेर दीर्घकालिन व्यवस्थाका लागि राप्रपाले जोड दिँदै आएको छ । राजसंस्थाको वकालत गर्दै आएको राप्रपाले राजा सबैको साझा भएको बताएको छ ।

प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com