काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ऊर्जा मन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै तीव्र टिप्पणी गरेका छन्। उनले आगामी चुनावमा आफ्नो पार्टीलाई कमजोर पार्न देश–विदेशका शक्तिहरू घिसिङलाई उपयोग गर्न चाहिरहेको आरोप लगाएका छन्।

फेसबुक लाइभमार्फत प्रतिक्रिया जनाउँदै साम्पाङले नेपालमा श्रमशील र इमानदार व्यक्तिहरूलाई सत्तामा पुग्न नदिन योजनाबद्ध रूपमा षड्यन्त्र भइरहेको दाबी गरे।

advertisement

साम्पाङले श्रम संस्कृति पार्टी आगामी चुनावमा बहुमत ल्याउने दाबी दोहोर्‍याउँदै घिसिङलाई मन्त्रीको भूमिकामा ध्यान दिन सुझाव पनि दिए।
उनले भने, यदि तपाईँलाई यसरी प्रयोग गरिँदै जाने हो भने हाम्रो श्रम संस्कृति पार्टी तपाईँलाई साइड पारेर अघि बढ्छ। त्यो अवस्था आउनु अघि आफ्नो छवि जोगाउनुस् र काममा केन्द्रित हुनुस्।

प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com