काठमाडौं । लमजुङमा पूर्वप्रहरी हवल्दार ४५ वर्षीया सिता कँडेलको हत्या प्रकरणमा संलग्न एक पुरुष प्रहरीले पक्राउ गरेको छ। वेसीशहर नगरपालिका–२, भकुन्डेमा २०८१ चैत ३१ गते कँडेल मृत अवस्थामा फेला परेकी थिइन्।
प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले घटनामा संलग्न रहेको ठहरिएका चितवन रत्ननगर–६ का ४७ वर्षीय बुद्धिराम दराईलाई नियन्त्रणमा लिएको हो। सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार उनलाई बिहीबार रुपन्देहीको सिद्धार्थनगर–१, बेलहियाबाट पक्राउ गरिएको हो।
दराई यसअघि पनि एक हत्यामा दोषी ठहर भई जेल बसिसकेको प्रहरीले जनाएको छ। २०६८ असार २० मा अदालतले उनलाई सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। जेलमा बसेकै दौरान उनले हवल्दार कँडेलसँग परिचय बढाएका थिए। अनुसन्धानअनुसार कारागारबाट रिहा भएपछि कँडेलको हत्या गर्ने योजनामा उनी संलग्न भएको निष्कर्ष प्रहरीको छ।
प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार












प्रतिक्रिया