काठमाडौं । आफ्ना कर्तुत सार्वजनिक हुन थालेपछि आइएमई समूहका मार्केटिङ विभाग तथा ग्लोबल आईएमइ बैंकका रिलेसनसिप विभाग प्रमुख योगेश पोखरेलले नक्कली फेसबुक आइडीमार्फत् पत्रकारहरूको चरित्रहत्या गरेकाे भन्दै अख्तियारमा मुद्दा परेकाे छ । आइएमई समूहभित्र फैलिएको विकृति अनियमितता र स्वार्थ बाझिने गरी हुँदै आएका सँस्थागत सुशासन सम्बन्धी समाचारहरू विभिन्न सञ्चारमाध्यममा प्रकाशन हुन थालेपछि पोखरेलले विभिन्न व्यक्तिका नाम तथा तस्बीरको दुरुपयोग गरी सयौँ फेसबुक अकाउन्ट खोलेर पत्रकारहरुको चरित्र हत्या गर्दै दुष्प्रचार गरेको खुलासा भएको हाे।

प्राविधिक परीक्षणका क्रममा पोखरेलले एउटै कम्प्युटर र एउटै इन्टरनेट नम्बर (आईपी एड्रेस )बाट ती आईडीहरु प्रयोग गर्दै आएको प्रमाण भेटिएको छ। कतिपय आईडीहरुमा एकै मोबाइल नम्बर प्रयोग भएका छन् भने कतिपय आईडीहरु नक्कली इमेलमार्फत् खोलिएका छन्।

advertisement

पोखरेलले ती नक्कली फेसबुक आइडीमार्फत् लगातार रुपमा व्यवसायिक घरानाबिरुद्दमा अफवाह फैलाउन र आईसमूहका गलत कामकारबाहीको ढाकछोप गर्न प्रयोग गर्दै आएका थिए। यसपटक पोखरेलले उक्त नक्कली आईडीहरु आफ्ना तथा आईएमइ समूहका अवैध क्रियाकलाप सार्वजनिक गर्ने पत्रकार तथा संचारमध्यमविरुद्द प्रयोग गर्न सुरु गरेका छन्।

पोखरेलले यो गैरकानुनी काम अध्यक्ष चन्द्र प्रसाद ढकालकै निर्देशनमा गर्दै आएको पोखरेल निकट आईएमइ समूहकै एक कर्मचारी बताउँछन्। उनका अनुसार पोखरेललाई आइडीहरु मार्फत् ढकाल तथा उनका कम्पनीका पक्षमा प्रमोसन तथा व्यवसायिक प्रतिष्पर्धीका विरुद्दमा प्रयोग गर्न भनिएको थियो। तर, पोखरेल आँफैले अनियमितता गरेको बिषय सार्वजनिक भएपछि आफ्ना पक्षमा माहोल बनाउन उनले नक्कली आईडी प्रयोग गरेका हुन्। पोखरेलले नक्कली आईडीमार्फत् पत्रकारको चरित्रहत्या गरेको बिषयमा अध्यक्ष ढकाललाई जानकारी नभएको उनको दावी छ।

सत्य तथ्य र निष्पक्ष ढङ्गले तथ्य प्रमाणसहित सँस्थागत अनियमिताका सम्बन्धमा समाचार सम्प्रेषण गर्ने पत्रकारमाथि पूर्वाग्रह राखी व्यक्तिगत रुपमा चरित्र हत्यामै उत्रिएपछि पिडित पत्रकारहरुले साईबर ब्युरोमा उजुरी दिएका छन्। प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने, कानुनी उपाचार खोज्ने निकाय हुँदाहुँदै अवैध तरिकाले नक्कली आइडी खोली सामाजिक संचालमार्फत् चरित्र हत्या गर्ने आईएमइ समूहका पदाधिकारी तथा कर्मचारीमाथि हदैसम्मको कारबाही गर्न पत्रकारहरुद्वारा साईबर ब्युरोमा दिइएको निवेदनमा माग गरिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com