काठमाडौं । एनपिएल–१ को पहिलो सिजनमा लिगको पुछारमा रहेर केवल एक जितसहित निराशाजनक बिदा लिएको लुम्बिनी लायन्सले यसपटक शानदार पुनरागमन गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा लुम्बिनीले पछिल्ला तीन खेलमा लगातार जित दर्ता गर्दै प्लेअफको चौथो स्थान सुनिश्चित गरेको हो।

पहिलो सिजनमा कहिले ब्याटिङ त कहिले बलिङ विफल बन्दै आएको लुम्बिनी यो वर्ष पनि कमजोर सुरुवातमै थिलो–थिलो भएको थियो। चितवनविरुद्ध पहिलो जितपछि कर्णाली, काठमाडौं र सुदूरपश्चिमसँग हार बेहोर्दा उसलाई फेरि बाहिरिनै लाग्ने आभास मिलेको थियो।

advertisement

तर अन्तिम तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीले अघिल्लो सिजनका च्याम्पियन जनकपुर बोल्ट्सलाई समेत पराजित गर्‍यो। यस जितसँगै पोखरा एभेन्जर्स र चितवन राइनोजको प्लेअफ आशा समाप्त भएको छ।
जनकपुर भने ६ खेलमध्ये केवल एक जितसहित अंक तालिकाको पुछारमा झरेको छ।

अब प्लेअफमा लुम्बिनीले काठमाडौं गोर्खाज वा विराटनगर किंग्समध्ये एकसँग एलिमिनेटर खेल्नेछ।
सुदूरपश्चिम रोयल्स पहिले नै ‘पहिलो क्वालिफायर’मा प्रवेश गरिसकेको छ। काठमाडौं १० अंकसहित दोस्रो स्थानमा भए पनि विराटनगरले सुदूरपश्चिमलाई फराकिलो अन्तरले हराउन सके दोस्रो स्थान कब्जा गर्न सक्छ।

दोस्रो हुने टोली सुदूरपश्चिमसँग ‘पहिलो क्वालिफायर’ खेलनेछ भने तेस्रो हुने टोली लुम्बिनीको प्रतिद्वन्द्वी बन्नेछ।
पहिलो क्वालिफायरको हार्ने र एलिमिनेटरको जित्नेबीच ‘दोस्रो क्वालिफायर’ हुनेछ।
फाइनल भने पहिलो र दोस्रो क्वालिफायरका विजेताबीच खेलिनेछ।

प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com